महोत्तरीको विद्यालयमा दिवा खाजामा छेपारो

जनकपुरधाम, १९ भदौ । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा बिहीबार दिउँसो दिवा खाजामा छेपारो परेको घटनापछि ६० बालबालिकालाई अस्पताल भर्ना गरिएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार एक बालकको प्लेटमा खाजामा छेपारो परेको थियो । बालकले छेपारो देखेपछि तत्काल खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए । त्यसपछि केही बालबालिकामा वाकवाकीको लक्षण देखिएको भन्दै अभिभावक र विद्यालयले तत्कालै सबै ६० बालबालिकालाई निगरानीका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएका हुन् ।
अध्यक्ष महतोले बालबालिकामा अहिले कुनै स्वास्थ्य समस्या नदेखिएको भए पनि सुरक्षा दृष्टिले अस्पताल ल्याइएको बताए । प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्ष इन्चार्ज शरद यादवले पनि बालबालिकामा कुनै गम्भीर समस्या नदेखिएको र सबै सुरक्षित अवस्थामा रहेको जानकारी दिए ।

घटनाले अभिभावकहरूमा चिन्ता उत्पन्न गरेको छ । तर, अस्पतालमा निगरानी राख्दा बालबालिकाको स्वास्थ्यमा कुनै ठूलो असर नपरेको जनाइएको छ । विद्यालयले भविष्यमा यस्ता घटना रोक्न खाजा वितरणमा विशेष सावधानी अपनाउने प्रतिबद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


