निजी मेडिकल कलेजको सिट वृद्धिविरुद्ध डा. गोविन्द केसीको सत्याग्रह सुरु

काठमाडौं, १५ भदौ । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका पछिल्ला निर्णयको विरोध गर्दै तीनदिने सत्याग्रह सुरु गरेका छन् ।
डा. केसीले आइतबार धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह प्रारम्भ गरेको जानकारी दिएका हुन् । उनले निजी मेडिकल कलेजलाई बढाइएको सिटले आम नेपालीको शिक्षा र स्वास्थ्य दुवै प्रभावित हुने भन्दै आपत्ति जनाएका छन् ।
उनले भने, ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ । तर, शिक्षाको गुणस्तर खस्कन्छ । गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो । यो आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’
डा. केसीले सरकार र चिकित्सा शिक्षा आयोगका निर्णयहरूले विद्यार्थी र जनतालाई फाइदा नपुर्याई उल्टै शिक्षा–स्वास्थ्य प्रणालीलाई नै संकटमा पारेको आरोप समेत लगाए । उनका अनुसार नेपालमा अझै सरकारी मेडिकल कलेज र अस्पतालहरूको आवश्यकता भइरहेका बेला निजी कलेजलाई पोस्ने नीति लिइनु दुर्भाग्यपूर्ण हो ।
सत्याग्रहसँगै डा. केसीले केही माग पनि राखेका छन् । ती मागमा निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने, कैलालीको गेटामा बनेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्ने लगायत छन् ।
त्यसैगरी अघिल्ला सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई तत्काल कार्यान्वयन गर्नुपर्ने उनको जोड छ ।
निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने उनको माग छ ।
यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा। केसीले माग राखेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


