रविभूषण झा सिडेनको अध्यक्षमा निर्वाचित, संस्थापन पक्षको प्यानल विजयी

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को अध्यक्षमा रविभूषण झा निर्वाचित भएका छन् । शनिबार सम्पन्न आठौं अधिवेशनले झाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थापन पक्षका उम्मेदवार झाले इतर समूहका धनेन्द्र केसीलाई पराजित गर्दै अध्यक्षमा जित हासिल गरेका हुन् ।
कार्यसमितिका अधिकांश पदाधिकारीमा समेत संस्थापन पक्षकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा मदन पुरी, महासचिवमा सुदर्शन शर्मा, उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमिति र पदाधिकारीको औपचारिक घोषणा निर्वाचन समितिले अझै गरेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


