भूमि विधेयकविरुद्ध समाजवादी मुस्लिम संघको विरोध प्रदर्शन

जनकपुरधाम, १० भदौ । जनता समाजवादी पार्टी नेपाल निकट भातृ संगठन समाजवादी मुस्लिम संघ नेपाल जिल्ला समितिको आयोजनामा मंगलबार भूमि सम्बन्धी विधेयकविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
मो. कलिम राईनको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले केपी ओली नेतृत्वको सरकारले अघि बढाएको भूमि विधेयक राष्ट्रहित विपरीत रहेको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनमा वक्ताहरूले उक्त विधेयकले वन क्षेत्रको अतिक्रमण रोक्न, जैविक विविधता र वातावरणको संरक्षण गर्न तथा जल, जंगल र भूमिको सुरक्षा सुनिश्चित गर्न बाधा पुर्याउने चेतावनी दिए ।
उनीहरूले मधेशी जनताको अधिकार हरण गर्ने उद्देश्यसहित विधेयक निर्माण गरिएको दाबी गर्दै यसले मधेशी समुदायलाई अस्तित्वहीन बनाउने प्रयास गरेको बताए ।
प्रदर्शनकारीहरूले पहाडी समुदायलाई सुकुम्बासीको नाममा जमिन वितरण गरी मधेशीलाई अल्पसंख्यक बनाउने योजना रहेको आरोपसमेत लगाए । उनीहरूले विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


