लोसपा धनुषाले मनायो चौथो वार्षिकोत्सव

जनकपुरधाम, ९ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा धनुषा जिल्ला कार्यालयमा भव्य कार्यक्रम आयोजना गरेको छ ।
झण्डोतोलन, शुभकामना आदानप्रदान तथा पार्टीका पदाधिकारी एवम् कार्यकर्ताबीच सहकार्यको प्रतिबद्धता प्रकट गरि चौथो वार्षिकोत्सव मनाइएको हो ।
पार्टीको जिल्ला कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा पार्टीका जिल्ला तथा प्रदेशस्तरका पदाधिकारी, शुभचिन्तक र सदस्यहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्ष तथा वरिष्ठ नेताहरूले पार्टीले विगत चार वर्षमा हासिल गरेको उपलब्धि, भविष्यका योजना र स्थानीय स्तरमा जनताको सेवामा केन्द्रित कार्यक्रमबारे प्रकाश पारेका थिए ।

झण्डोतोलनको अवसरमा उपस्थितहरूले पार्टीप्रतिको सद्भाव र एकताको प्रतीक स्वरूप राष्ट्रिय तथा पार्टीको झण्डा समान रूपमा सम्मानका साथ प्रकट गरेका थिए । साथै, पार्टीका नेताहरूले आगामी निर्वाचन तयारी, स्थानीय विकास कार्य र जनतालाई समर्पित पहलहरूमा सक्रिय रहनुपर्नेमा जोड दिए ।
पार्टीका कार्यकर्ताहरूले आगामी दिनमा जनकपुरधाम र धनुषा जिल्लामा सामाजिक, राजनीतिक र विकासमूलक गतिविधिमा अझै प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


