उपेन्द्र यादवलाई फसाउन खोजियो : उपसचिव यादव

जनकपुरधाम, ३ भदौ । सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल औरही गाउँपालिका नगर समितिले मंगलबार विरोध प्रदर्शन गरेको छ ।
समितिका नेताहरूले प्रदर्शनमा सहभागी भएर नाराबाजी गर्दै भने, ‘निर्दोष आन्दोलनकारीलाई फसाउन पाइदैन, राज्यसत्ताको दुरुपयोग गर्न पाइदैन, गौर घटना षड्यन्त्र हो, योजनाकारमाथि कारबाही हुनुपर्छ ।’
जसपा नेपाल जिल्ला उपसचिव विकास यादवका अनुसार गौर घटनालाई राजनीतिक घटनाक्रमको रूपमा प्रस्तुत गरेर तत्कालीन माओवादीको हिंसात्मक गतिविधि र भू–अधिकार अध्यादेशको विरोधमा चट्टानी अडान लिएका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको छ ।
उनले एमाले र कांग्रेसले लोकतन्त्र र न्यायपालिकामाथि प्रत्यक्ष हस्तक्षेप गर्दै यस षड्यन्त्रको आयोजनामा संलग्न रहेको आरोप लगाए ।
स्थानीय तहका नेता र कार्यकर्ताहरूले आफ्नो अडान प्रकट गर्दै सबै राजनीतिक दललाई निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न र निर्दोषलाई न्याय दिलाउन सर्वोच्च अदालतको आदेशको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


