जनकपुरधाम, ३ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले उपमहानगरपालिका वडा नं. २० देवपुरा रूपैठामा १३ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ ।

मंगलबार बसेको बैठकमा सर्वसम्मतिबाट कमिटीका पदाधिकारी र सदस्यहरूको नामावली पारित गरिएको हो ।

पदाधिकारीमा सजिभ राइन अध्यक्ष, ममता देवी उपाध्यक्ष, लाल बाबू लहेरी सचिव, राम स्नेही साह सह–सचिव र विजय साह कोषाध्यक्षमा चयन भएका छन् ।

सदस्यहरूको सूचीमा चन्देश्वर साह, शिवनाथ साह, राम प्रवेश दास, महेन्द्र दास, राम आशिष दास, उपेन्द्र दास, बहादुर दास, राम स्नेही देवी र आशिष झा रहेका छन् ।

तमलोपाका केन्द्रिय सदस्य उमेश कुमार मण्डलका अनुसार नयाँ कमिटीको उद्देश्य स्थानीयस्तरमा पार्टीको नीति–नियम कार्यान्वयन गर्नु, जनप्रतिनिधि र स्थानीयवासीबीच संवाद सुदृढ गर्नु तथा सामाजिक र सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्नु रहेको छ ।

पार्टीका नेताहरूले नयाँ कमिटी गठनले वडामा पार्टी गतिविधि सुदृढ हुने, आगामी निर्वाचनमा सक्रियता बढ्ने र विकास कार्यक्रमको कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।