राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित युवक पक्राउ

सप्तरी, २ भदौ । सप्तरी प्रहरीले राजविराज विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खडक नगरपालिका–११ लङ्काटोलका करिब ३३ वर्षीय मोहम्मद खुर्शिद आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार आलम सोमबार राजविराजबाट काठमाडौँ जाने तयारीमा रहेका बेला उनको साथबाट ३५ हजार ९७६ साउदी रियाल बरामद गरिएको हो ।
प्रहरीका अनुसार उक्त रकमको वैधता पुष्टि नभएकाले र आवश्यक कागजातसमेत पेश नगरेकाले आलमलाई नियन्त्रणमा लिइएको हो ।
बरामद रकम र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


