जनकपुरधाम, ३१ साउन । नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाले नगराइन नगरपालिका नगर समितिको औपचारिक गठन गरेको छ ।

शनिबार आयोजित कार्यक्रममार्फत सुजित पासवानलाई अध्यक्ष चयन गरिएको संगठनले जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा अध्यक्षता केन्द्रीय सचिव सन्तोष महराले गरेका थिए । कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरू रघुनन्दन, रोशन मुखिया, आदरणीय श्रीराम यादव लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

नगर समिति गठनको विशेष पहल केन्द्रीय सदस्य सुरेश पासवानले गरेका थिए । नयाँ नेतृत्वले आगामी कार्यकालमा ई–रिक्सा मजदुरका अधिकार संरक्षण, रोजगार सुरक्षा र सदस्यहरूको कल्याणमा केन्द्रित काम गर्ने उद्देश्य राखेको संगठनले जनाएको छ ।

कार्यक्रममा उपस्थित केन्द्रीय पदाधिकारीहरूले नयाँ समिति र अध्यक्षलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनका गतिविधिहरूलाई थप सुदृढ र व्यवस्थित बनाउन आग्रह गरेका थिए ।