जनकपुरधाम, ३१ साउन । आगामी विजया दशमीलाई सभ्य, भव्य र प्रभावकारी बनाउन श्री महावीर युवा कमिटीले विभिन्न उपसमिति गठन गरेको छ ।

शनिबार सम्पन्न ५९औँ साधारण सभामा कार्यक्रमको व्यवस्थापनलाई सुनिश्चित गर्न १३ वटा उपसमितिहरू गठन गरिएको महासचिव भरत प्रसाद साहले जानकारी दिएका हुन् ।

उपसमितिहरूमा प्रमुख जिम्मेवारीहरू बाँडफाँड गरिएको छ । चन्दन राज शर्मा मूल पूजा संयोजक, गोविन्द कुमार साह ठेहा संयोजक, ओम प्रकाश गुप्ता रावण बध संयोजक, दिपक कुमार साह प्रसाद तथा महाप्रसाद संयोजक र बलराम साह सुरक्षा समिति संयोजक चयन भएका छन् ।

त्यसैगरी, रोशन कुमार साह रमाइलो मेला संयोजक, रबि कुमार शर्मा भव्य श्रृंगार संयोजक, मोहन साह विजया दशमी जुलुस संयोजक, किशन कुमार साह खोँइच भराइ संयोजक, बिक्रम कुमार साह भजन संध्या संयोजक, राहुल कुमार साह पार्क व्यवस्थापन संयोजक, ओम प्रकाश साह गहवर व्यवस्थापन संयोजक र शशि कुमार साह लाइन व्यवस्थापन संयोजकका रूपमा जिम्मेवारी पाएका छन् ।

साधारण सभामा बोल्ने वक्ताहरूले दशैँ पर्वलाई धार्मिक श्रद्धा, सांस्कृतिक झल्को र सामाजिक सद्भावको प्रतीकका रूपमा प्रस्तुत गर्न कुनै पनि तयारीमा कमी नहुने र कार्यक्रमलाई सुव्यवस्थित बनाउन सबै पक्ष सक्रिय रहने बताएका थिए ।

श्री महावीर युवा कमिटीले यसपटकका कार्यक्रमले समुदायमा सांस्कृतिक चेतना बढाउने र दशैँको मौलिकता जोगाउने विश्वास व्यक्त गरेको छ । समितिका संयोजकहरूले पर्वको समयमा सुरक्षा, भीड व्यवस्थापन र कार्यक्रमको आकर्षक प्रस्तुतीकरणमा विशेष ध्यान दिनेछन् ।

कमिटीले स्थानीय समुदायलाई पनि सहभागितापूर्वक पर्व मनाउन आह्वान गर्दै सबैले मिलेर सांस्कृतिक पर्वलाई सफल बनाउन आग्रह गरेको छ ।