जनकपुरधाम, २९ साउन ।
भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहसँग विकास र नेता अभिषेकले भेटघाट गर्दै मधेशका धार्मिक र पर्यटकीय स्थलहरूको भारतसँगको समन्वय र प्रवर्द्धनबारे ध्यानाकर्षण गराएका छन् ।

यस अवसरमा स्थानीय प्रतिनिधिहरूले १० बुँदे ध्यानाकर्षण पत्र भारत सरकारका रक्षामन्त्री सिंहलाई बुझाएका हुन् ।

मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई भारतसँग जोड्ने र त्यसको प्रचार–प्रसार गर्न सक्ने सम्भाव्य पहलहरू बारे ज्ञापन प्रस्तुत गरिएको छ ।

ज्ञापन पत्र बुझाउने विकासका अनुसार रक्षामन्त्री राजनाथ सिंहले तत्कालै सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा उपस्थित प्रतिनिधिहरूले नेपाल–भारत सम्बन्ध सधैं अमर रहोस् र पर्यटन प्रवर्द्धनमा साझा पहल जारी रहोस् भनी आह्वान गरेका थिए ।