अन्तर्राष्ट्रिय युवा दिवसमा जनकपुरधाममा रक्तदान

जनकपुरधाम, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च जनकपुरधामले आइतबार जनक चौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
मधेश प्रदेशको राजधानीमा रगतको अभाव रहेको समयमा रेडक्रस सोसाइटीको आग्रहलाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्वका साथ मञ्चले यो मानवसेवा कार्यक्रम सञ्चालन गरेको हो ।
मारवाडी युवा मञ्चका अध्यक्ष राहुल सिंघानियाले रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय नागरिक गरी कुल ६५ जनाले रक्तदान गरेको जानकारी दिए । कार्यक्रममा ५८ पुरुष र ७ महिला सहभागी थिए ।
अध्यक्ष सिंघानियाले यस्ता स्वास्थ्य र सामाजिक सेवा कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सबै युवाहरूलाई सामाजिक उत्तरदायित्व प्रति सचेत र सक्रिय हुन आग्रह गरे ।
उनले आगामी दिनहरूमा पनि मारवाडी युवा मञ्चले यस्ता मानवसेवा सम्बन्धी कार्यक्रमहरू आयोजना गर्दै समुदायमा स्वास्थ्य र सामाजिक सशक्तिकरणमा थप योगदान गर्ने योजना रहेको बताए ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


