वडा अध्यक्ष चौधरीको निधन

महोत्तरी, २४ साउन । महोत्तरीको औरही नगरपालिका वडा नं १ का वडा अध्यक्ष जोगी चौधरीको निधन भएको छ । उनको निधनले स्थानीय तहमा ठूलो क्षति पुगेको छ ।
स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, परिवारजनप्रति धैर्य धारण गर्न समवेदना प्रकट गरिएको छ ।
अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा स्थानीय विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनी जनताका समस्यामा सँधै सम्वेदनशील भएर काम गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


