खोलामा डुबेर किशोरीको मृत्यु

सर्लाही, २४ साउन । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरमा शनिबार साँझ खोलामा डुबेर १६ वर्षीया किशोरी रङ्गिला बैठाको मृत्यु भएको छ ।
मिर्जापुरस्थित बिकाउ बैठककी रङ्गिला शनिबार साँझ घाँस काटेर घर फर्कंदा पुरानो मनुष्मारा खोलामा तर्न खोज्दा चिप्लिएर जलकुम्भीमा टाउको फसेको थियो । उनी घटनास्थलमै मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहले मृतकको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जानकारी दिएका छन् । प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


