एकडाराबाट सुरु भयो महोत्तरीमा वृक्षारोपण अभियान

महोत्तरी, १८ साउन । मधेश प्रदेश सरकार अन्तर्गतको वन मन्त्रालयद्वारा महोत्तरी जिल्लामा वृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको छ ।
वृक्षारोपण अभियानको औपचारिक शुभारम्भ एकडारा गाउँपालिका हुँदै हुलाकी राजमार्ग छेउमा गरिएको हो ।
कार्यक्रम अन्तर्गत वातावरण संरक्षण, हरियाली विस्तार र जलवायु सन्तुलन कायम गर्न विभिन्न प्रजातिका बिरुवाहरू रोप्ने लक्ष्य लिइएको वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादवले बताए ।

वनमन्त्री यादवसहित वन मन्त्रालयका अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, विद्यालयका विद्यार्थी तथा समुदायका सदस्यहरूको सहभागीतामा शुरुवात गरिएको यस अभियानले हरित मधेश निर्माणमा योगदान पुग्ने विश्वास लिइएको छ ।
मन्त्रालयका अनुसार आगामी दिनमा जिल्लाका अन्य स्थानहरूमा समेत चरणबद्ध रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


