नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सवमा वृक्षारोपण

जनकपुरधाम, १६ साउन । नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेश जनकपुरधामले आफ्नो ४१औं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको परिसरमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष पुनम चतुर्वेदीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदी, प्रहरी गण जनकपुरधामका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकार, प्रहरी नायब उपरीक्षक विजय यादव, अजय कुमार जयसवाल लगायत वरिष्ठ प्रहरी अधिकृत तथा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।
त्यसैगरी, नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेश जनकपुरधामका पदाधिकारी र सदस्यहरूको समेत सहभागिता रहेको उक्त वृक्षारोपण कार्यक्रममा विभिन्न जातका बिरुवाहरू रोपिएका थिए ।
कार्यक्रमको उद्देश्य वातावरणीय सन्तुलन कायम गर्नुका साथै प्रहरी परिवारको सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाउने रहेको संघले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


