जनकपुरधाम, १४ साउन । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को संगठन सुदृढीकरण अभियानअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–६ मा बुधबार वडा कमिटी गठन गरिएको छ ।

पार्टीका वडा प्रभारी उमेश कुमार मण्डलको अध्यक्षता तथा केन्द्रीय सदस्य असगर अलिको विशेष उपस्थितिमा आयोजित भेलाले मो. अनवर राईनको नेतृत्वमा ११ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो ।

नयाँ नेतृत्वमा लालबाबु अन्सारी उपाध्यक्ष, राजु साह सचिव, युसुफ राईन कोषाध्यक्ष र लाजिम राईन सह–सचिवमा चयन भएका छन् । त्यस्तै, सदस्यमा मो. युनुस अन्सारी, मो. हजरत अली, सरिता देवी साह, महेश साह, मो. इस्लाम राईन र जैदा खातुन रहेका छन् ।

भेलामा पार्टीका धनुषा जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंह, केन्द्रीय सदस्यहरु योगेन्द्र राय, सतिश कुमार लाल दास, विभा ठाकुर, पूनम झा मैथिली, विन्दु ठाकुर, सुभाष कर्ण, नविन सिंह, रमेश प्रसाद अधिकारी, विमला साह, निर्मला झा, भागिरथ लाल कर्ण, हेमनाथ साहसहित उल्लेखनीय संख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।

तमलोपा संगठन विस्तार अभियान अन्तर्गत यसअघि जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७, ८, १०, १३, १९, २१, २३, २४ र २५ मा वडा कमिटी गठन भइसकेको छ । बाँकी वडाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गरी नगर अधिवेशन गर्ने योजना रहेको पार्टीले जनाएको छ ।