अहिराज पुर्पक्षका लागि थुनामा

जनकपुरधाम, १४ साउन । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
अदालतको आदेशपछि अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ । उनीमाथि काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा २०८१ जेठ ४ गते बलात्कार गरेको आरोपमा एक महिलाले जाहेरी दिएकी थिइन् ।
साउन ४ गते पक्राउ परेका अहिराजमाथि ९ दिनभित्रै अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत अदालतमा मुद्दा दायर गरिएको हो ।
२०७८ सालमा मधेश प्रदेशको प्रमुख पद सम्हालेका अहिराजले भने आरोप अस्वीकार गर्दै आफूविरुद्ध मुद्दा चलाउने युवतीविरुद्ध पनि प्रतिआरोपसहित मुद्दा दायर गरिसकेको दाबी गरेका छन् ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


