जनकपुरधाम, १० साउन । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को संगठन विस्तार अभियान अन्तर्गत शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ मा वडा कमिटी गठन गरिएको छ । पार्टीका प्रभारी धिरेन्द्र बहादुर सिंहको अध्यक्षतामा आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ वडा कमिटी गठन गरिएको हो ।

भेलाले रोशन विक्रम थापाको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा ममता कुमारी दास, सचिवमा सखिया मण्डल, कोषाध्यक्षमा सुनिता दासलाई चयन गरिएको छ ।

त्यस्तै, सदस्यहरुमा आशा देवी दास, टुना दास, रामदेव दास, चन्दे दास, सुलेखादेवी दास, सावित्री देवी दास र सुख मरिया तत्मालाई चयन गरिएको तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य उमेश कुमार मण्डलले जानकारी दिए ।

भेलामा पार्टीका प्रभारी धिरेन्द्र बहादुर सिंह, केन्द्रीय सदस्यहरु योगेन्द्र राय, सतिश कुमार लाल दास, उमेश मण्डल, विभा ठाकुर, पूनम झा मैथिली, विन्दु ठाकुर, सुभाष कर्ण, नविन सिंह, रमेश प्रसाद अधिकारी, विमला साह, निर्मला झा, भागिरथ लाल कर्ण, हेमनाथ साह, वडा–४ कमिटीका अध्यक्ष नवल किशोर ठाकुरलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तमलोपाले यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– १, २, ४, ७, ८, १०, १३, १९, २१, २३, २४ र २५ मा वडा कमिटी गठन गरिसकेको छ ।

तमलोपाले बाँकी वडाहरुमा छिटै वडा अधिवेशन सम्पन्न गरी नगर अधिवेशन गर्ने योजना रहेको नेता मण्डलले जानकारी दिए ।