सहनीको नेतृत्वमा तमलोपाको वडा–७ कमिटी गठन

जनकपुरधाम, ८ साउन । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को संगठन विस्तार अभियान अन्तर्गत बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा वडा कमिटी गठन गरिएको छ । पार्टीका प्रभारी नारायण राउतको अध्यक्षतामा आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ वडा कमिटी गठन गरिएको हो ।
भेलाले ब्रम्ह्देव सहनीको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा वीरेन्द्र साह, सचिवमा निरज कर्ण, कोषाध्यक्षमा निलम देवी मल्लिकलाई चयन गरिएको छ ।
त्यस्तै, सदस्यहरुमा रिना देवी मल्लिक, कोसिया देवी सदा, नवराज साह, दिलिप साह, परसुराम साह, हेमा कुमारी दास र विन्दू कुमारी साहलाई चयन गरिएको तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य उमेश कुमार मण्डलले जानकारी दिए ।

तराई मधेश लोकतान्त्रिक पार्टीले शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ मा वडा कमिटी विस्तार गर्ने उनले बताए ।
भेलामा पार्टीका केन्द्रीय सदस्यहरु भोगेन्द्र राय, सतिश कुमार लाल दास, उमेश मण्डल, विभा ठाकुर, पूनम झा मैथिली, विन्दु ठाकुर, सुभाष कर्ण, नविन सिंह, रमेश प्रसाद अधिकारी, विमला साह, राधिका देवी, नारायण राउत, किरण ठाकुर, जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंह, नवल किशोर ठाकुर, चन्दन कुमार साह, रितिक कुमार यादव, हरेकृष्ण यादव, रामनन्दन मण्डल, उषा देवी तेली, कमल देवी साह, शुशिला शर्मा, रामचन्द्र पण्डित, राजकुमार पाठक, राहुल मिश्र, श्याम सुन्दर मण्डल, सिता देवी वरही, रामजतन ठाकुर, इन्द्रेश झा, देवेन्द्र शर्मा, कृष्णदेव पण्डित, फेकु दास, जगदिश ठाकुर, दिनेश कुमार साह, व्रज किशोर सिंह, हरिन्द्र कुमार मेहता, सुधा केजरीवाल, गीता देवी मण्डललगायत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
तमलोपाले यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१, २, ४, ८, १०, १३, १९, २१, २३, २४ र २५ मा वडा कमिटी गठन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


