ठाकुरको नेतृत्वमा तमलोपाको वडा कमिटी गठन

जनकपुरधाम, ७ साउन । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को संगठन विस्तार अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा वडा कमिटी गठन गरिएको छ । पार्टीका प्रभारी हेमनाथ साहको अध्यक्षतामा आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ वडा कमिटी गठन गरिएको हो ।
भेलाले नवल किशोर ठाकुरको नेतृत्वमा १६ सदस्यीय वडा कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा देवेन्द्र शर्मा, कोषाध्यक्षमा कमल देवी साह र सदस्यहरुमा शुशिला शर्मा, चन्दन कुमार साह, हरेकृष्ण यादव, रितिक यादव, इन्द्रेश झा, रामचन्द्र पण्डित, रामजतन ठाकुर, दिनेश साह, सुधा केजरीवाल, हरिन्द्र कुमार महतो, श्याम सुन्दर मण्डल र गीता देवी मण्डललाई चयन गरिएको तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य उमेश कुमार मण्डलले जानकारी दिए । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा वडा कमिटी विस्तार गर्ने उनले बताए ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरु भोगेन्द्र राय, सतिश कुमार लाल दास, उमेश मण्डल, विभा ठाकुर, पूनम झा मैथिली, विन्दु ठाकुर, सुभाष कर्ण, नविन सिंह, रमेश प्रसाद अधिकारी, विमला साह, राधिका देवी, नारायण राउत, किरण ठाकुर, जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंह, नवल किशोर ठाकुर, चन्दन कुमार साह, रितिक कुमार यादव, हरेकृष्ण यादव, रामनन्दन मण्डल, उषा देवी तेली, कमल देवी साह, शुशिला शर्मा, रामचन्द्र पण्डित, राजकुमार पाठक, राहुल मिश्र, श्याम सुन्दर मण्डल, सिता देवी वरही, रामजतन ठाकुर, इन्द्रेश झा, देवेन्द्र शर्मा, कृष्णदेव पण्डित, फेकु दास, जगदिश ठाकुर, दिनेश कुमार साह, व्रज किशोर सिंह, हरिन्द्र कुमार मेहता, सुधा केजरीवाल, गीता देवी मण्डललगायत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भेलामा बोल्दै नेताहरूले तमलोपालाई समुदायमैत्रि पार्टीका रूपमा विस्तार गर्न महिला तथा युवाको सक्रिय भूमिका महत्वपूर्ण रहने बताएका थिए ।
तमलोपाले यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१, २, ८, १०, १३, १९, २१, २३, २४ र २५ मा वडा कमिटी गठन गरिसकेको छ ।
नवगठित कमिटीहरुले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्ने संकल्पमा अघि बढेको जनाइएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


