जनकपुरधाम, १ साउन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुन चौधरीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार चौधरीलाई बिहीबार राति अबेर आफ्नै घरबाट पक्राउ गरिएको हो ।

एक महिलासँग काम गराउने नाममा घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

यद्यपि, जिल्ला प्रहरी कार्यालय धनुषाले औपचारिक रूपमा घटना पुष्टि नगरे पनि छानबिन जारी रहेको जनाएको छ । प्रहरी स्रोतका अनुसार घटनासम्बन्धी विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।