तमलोपाको शिवपुरमा वडा समिति गठन

जनकपुरधाम, १ साउन । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को संगठन विस्तार अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ शिवपुर धत्ताटोलमा वडा समिति गठन गरिएको छ ।
पार्टीकी नेतृ विमला साहको अध्यक्षतामा आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ वडा समिति गठन गरिएको हो ।
शिवपुरमा आयोजित भेलामा पार्टीका जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंहसहित नेतृहरु विभा ठाकुर, पूनम झा मैथिली, रामकुमारी मुखिया, किरण ठाकुर, प्रमिला देवी दास, सुनिता देवी मण्डललगायत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भेलामा बोल्दै नेताहरूले तमलोपालाई समुदायमैत्रि पार्टीका रूपमा विस्तार गर्न महिला तथा युवाको सक्रिय भूमिका महत्वपूर्ण रहने बताएका थिए ।

भेलाले प्रमिला देवी दासको नेतृत्वमा १३ सदस्यीय वडा समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सत्यनारायण मण्डल, सचिवमा सुमित्रा देवी मण्डल र कोषाध्यक्षमा रेखा रायलाई चयन गरिएको तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य उमेश कुमार मण्डलले जानकारी दिए ।
त्यस्तै, सुनिता महरा, सुहारती मण्डल, कालो महरा, बिराजी मण्डल, कोइली दास, राजेन्द्र महरा, कयमुन खातुन, मीना दास र बबिता महरालाई सदस्य पदमा चयन गरिएको छ ।
नवगठित समितिले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्ने संकल्पमा अघि बढेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


