वन संरक्षणमा योगदान पुर्याएको भन्दै डिभिजन प्रमुख झा सम्मानित

जनकपुरधाम, १ साउन । सर्लाहीको वन क्षेत्रको संरक्षण, अतिक्रमण नियन्त्रण तथा वातावरणीय सन्तुलन कायम गर्न सक्रिय योगदान पुर्याएका डिभिजन वन कार्यालयका प्रमुख सन्तोषकुमार झालाई मधेश प्रदेश सरकारले सम्मानित गरेको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले बिहीबार जनकपुरधाममा आयोजित एक विशेष समारोहमा झालाई कदरपत्रसहित सम्मान गरेका हुन् ।
सागरनाथ वन विकास परियोजनासहित सर्लाही जिल्लाभित्रका वन क्षेत्रको व्यवस्थापनमा देखाएको अग्रसरता र सफल नेतृत्वलाई मूल्याङ्कन गर्दै प्रदेश सरकारले यो सम्मान दिएको हो ।
सम्मान कार्यक्रममा प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादव, मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेसहित अन्य पदाधिकारीहरूको उपस्थिति थियो । मन्त्री यादव र सचिव घिमिरेले संयुक्त रूपमा प्रमुख झालाई कदरपत्र प्रदान गरेका थिए ।
वन तथा वातावरण मन्त्रालयका अनुसार झाको नेतृत्वमा सर्लाही जिल्लामा वन अतिक्रमण न्यूनीकरण, पुनर्संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न उल्लेखनीय प्रगति भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


