प्रियाशुं कर्णले खिचेको जनकपुरधाम पुरस्कृत

जनकपुरधाम, ३१ असार । नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल’ मासिक अनलाइन फोटोग्राफी प्रतियोगिताका लागि जून २०२५ मा प्राप्त उत्कृष्ट तस्बीरहरू घोषणा गर्दै तीन विजेतालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
बोर्डका अनुसार प्रतियोगितामा प्राप्त २४१ तस्वीरमध्येबाट उत्कृष्ट ३ तस्वीर छनोट गरिएका हुन् । विजेतामा प्रियाशुं कर्णले खिचेको जनकपुरधाम, बबी शाहको लाखे र सुशील श्रेष्ठको साँझदेखि बिहानसम्म चयन भएका छन् ।
तीनै जनालाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।
बोर्डले प्रतियोगिताका लागि प्राप्त तस्बीरहरूमा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जनजीवनको अभिव्यक्तिलाई कलात्मक र रचनात्मक ढंगले प्रस्तुत गरिएको बताएको छ ।
‘फोटो नेपाल’ अनलाइन प्रतियोगिता नेपाल पर्यटन बोर्डद्वारा नियमित रूपमा सञ्चालन हुँदै आएको कार्यक्रम हो । यसले फोटोग्राफरहरूलाई देशको सौन्दर्यलाई विश्वसामु चिनाउने माध्यम प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


