मधेशमा खानेपानी समस्या समाधानका लागि संघ–प्रदेश संयोजनमा अभियान सुरु

जनकपुरधाम, ३१ असार । मधेश प्रदेशमा बढ्दो खानेपानी संकट समाधानका लागि संघीय र प्रदेश सरकार संयुक्त अभियानका रूपमा अघि बढ्ने भएका छन् ।
संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवसँग मंगलबार भएको छलफलपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले यस्तो जानकारी दिएका हुन् ।
छलफलमा दुबै सरकारले खानेपानी समस्या समाधानलाई प्राथमिकतामा राख्दै संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्ने सहमति भएको हो ।
खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरूलाई तत्काल कार्यान्वयनमा ल्याउने र उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

संघीय र प्रदेश सरकारबीच सहकार्यमा आधारित अभियानले मधेश प्रदेशका विभिन्न जिल्लामा लामो समयदेखि देखिँदै आएको खानेपानी संकट अन्त्यमा टेवा पुग्ने विश्वास गरिएको छ ।
खानेपानी समस्या समाधानका लागि अब दुई तहका सरकार संयोजनमा क्रियाशील हुने उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


