जनकपुरधाम, २६ असार । जनकपुरधाममा स्वदेशी उत्पादनको प्रवर्द्धन तथा उपभोक्तालाई गुणस्तरीय सेवा दिने लक्ष्यसहित नयाँ व्यवसायिक इकाइ ‘नेपोभिट ट्रेडिङ’ सञ्चालनमा आएको छ ।

बिहीबारदेखि औपचारिक रूपमा सेवा प्रारम्भ गरेको कम्पनीले मुख्यतः टाइल्स तथा बाथरूम फिटिङ सामग्रीहरू सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्याउने उद्देश्य लिएको जनाएको छ ।

कम्पनीले निर्माणसम्बन्धी सामग्री बजारमा गुणस्तर, मूल्य र सेवाबीच सन्तुलन कायम गर्ने लक्ष्य लिएको बताइएको छ । विशेष गरी स्थानीय निर्माण व्यवसायमा आधुनिकता भित्र्याउने र ग्राहकको प्राथमिकता अनुसारको सेवा दिने उद्देश्यका साथ सञ्चालनमा आएको नेपोभिटले टाइल्स, वास बेसिन, नल, शावर, वाल फिनिसिङ सामग्री लगायतका नयाँ डिजाइनका उत्पादनहरू बिक्री वितरण गर्दै आएको छ ।

सञ्चालक बिभा झाले नेपाली उत्पादन र परिश्रमलाई प्राथमिकतामा राख्दै ग्राहक सन्तुष्टिलाई सर्वोपरि बनाउने प्रतिबद्धता जनाएकी छन् । उनले कम्पनीले गुणस्तरीय सामग्री मात्र नभई बिक्रीपछिको सेवा र परामर्श समेत प्रदान गर्ने योजना बनाएको जानकारी दिइन् ।

स्थानीयस्तरमै विश्वसनीय सेवा दिने लक्ष्यसहित खोलिएको नेपोभिट ट्रेडिङ जनकपुरधाममा निर्माण सामग्री खरिद गर्न चाहने उपभोक्ताका लागि नयाँ विकल्पको रूपमा स्थापित हुने सञ्चालकको विश्वास छ ।