महोत्तरी पूर्वाधार विकास कार्यालय घटनामा छानबिन समिति गठन

महोत्तरी, २५ असार । महोत्तरीस्थित पुर्वाधार विकास कार्यालयमा असार २३ गते राति भएको घटनाप्रति जिल्ला प्रशासन कार्यालय महोत्तरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा घटनासम्बन्धी सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन भइसकेको र छिट्टै प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद रिसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत सार्वजनिक भएको सो घटनाको वस्तुस्थिति छानबिन गर्न समिति गठन भई कार्य प्रारम्भ भइसकेको छ । समितिबाट प्राप्त प्रतिवेदनका आधारमा प्रचलित कानुन अनुसार दोषीमाथि कारबाही हुनेछ ।’
प्रशासनले घटनाप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित सरोकारवाला निकाय र आम जनसमुदायलाई संयमित रहन तथा छानबिनको नतिजाको पर्खाइ गर्न अपिल गरेको छ ।

यही असार २३ गते राति पुर्वाधार विकास कार्यालयमा भएको कथित तोडफोड, आक्रमण वा अन्य अवाञ्छित गतिविधिसम्बन्धी विवरणहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चासो उत्पन्न गरेको थियो ।
प्रशासनले छानबिन निष्पक्ष र पारदर्शी हुने दाबी गर्दै कानुनको शासन अनुसार दोषीलाई उन्मुक्ति नहुने स्पष्ट पारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


