बिचौलिया हाबी भएको आरोपसहित नाउपाको समर्थन फिर्ता

जनकपुरधाम, २४ असार । बजेटमा बिचौलियाको प्रभाव र अपारदर्शिताको आरोपसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मंगलवार बसेको प्रदेशसभा बैठकमा नाउपाकी समानुपातिक सांसद उर्मिला देवी सिंहले समर्थन फिर्ताको घोषणा गर्दै बजेट निर्माणमा गम्भीर अनियमितता भएको आरोप लगाइन् ।
उनले भनिन्, ‘बजेट निर्माण प्रक्रियामा बिचौलिया हाबी छन् भन्ने तथ्य मैले प्रमाणसहित सदनमा प्रस्तुत गर्न सक्छु । यस्तो सरकारलाई हाम्रो समर्थन अब कायम रहँदैन ।’
सांसद सिंहको घोषणापछि मधेश प्रदेशको सतारूढ गठबन्धन थप दबाबमा परेको छ । जनमत पार्टी नेतृत्वको सरकार गठनका बेला नाउपाले समर्थन गरेको थियो । तर, पछिल्लो बजेट विवादका कारण गठबन्धनको स्थायित्वमा प्रश्न उठ्न थालेको छ ।
सरकारको आलोचना गर्दै नाउपाले पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वको माग गर्दै सत्ता पक्षलाई पुनर्विचार गर्न चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


