नेपाल ई–रिक्सा मजदुर संगठनको महोत्तरी जिल्ला समिति गठन

महोत्तरी, १९ असार । नेपाल ई–रिक्सा मजदुर संगठनले महोत्तरी जिल्लामा आफ्नो संगठन विस्तार गर्दै नयाँ जिल्ला समिति गठन गरेको छ ।
ई–रिक्सा व्यवस्थापन र मजदुर अधिकारका विषयमा छलफल गर्न बर्दिबासमा आयोजित बैठकबाट प्रेमबहादुर राणालाई महोत्तरी जिल्ला संयोजकमा सर्वसम्मत रूपमा चयन गरिएको हो ।
धनुषा–महोत्तरी क्षेत्रको समन्वयमा आयोजना गरिएको उक्त छलफलमा बर्दिबासस्थित ई–रिक्सा चालक समूहसँग संगठन प्रतिनिधिहरूले प्रत्यक्ष भेटघाट गरेका थिए ।
छलफलका क्रममा मजदुरको अधिकार, रोजगारी सुरक्षा, ट्राफिक व्यवस्थापन र पेशागत मर्यादाका विषयमा विचारविमर्श गरिएको नेपाल ई–रिक्सा मजदुर संगठनका केन्द्रिय अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिए ।
बैठकले ई–रिक्सा चालकहरूलाई संगठित गर्दै उनीहरूको हकहितका लागि एकजुट पहल गर्ने निर्णयसमेत गरेको छ । कार्यक्रममा अर्को चरणको विस्तृत कार्यक्रम चाँडै आयोजना गर्ने सहमति पनि गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


