विद्यालयस्तरमै ट्राफिक चेतना विस्तार

जनकपुरधाम, १८ असार । सडक सुरक्षा र ट्राफिक नियमप्रति जनचेतना फैलाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विद्यालयस्तरमा लक्षित गर्दै जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
धनुषाका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई लक्षित गर्दै गरिएको कार्यक्रममा ट्राफिक संकेत चिन्हको महत्त्व, सुरक्षित सडक प्रयोग, पैदलयात्राका सावधानी र सवारी चलाउँदा पालना गर्नुपर्ने नियमबारे जानकारी दिइएको थियो ।
ट्राफिक प्रहरी निरीक्षक सूर्य बहादुर शाहीका अनुसार विद्यार्थीहरूलाई ट्राफिक नियमका व्यवहारिक पक्षहरू समेत बुझाउने प्रयास गरिएको छ । ‘विद्यालयबाटै सचेतना सुरु गर्नु सडक सुरक्षाको दिगो उपाय हो,’ शाहीले भने ।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि जिल्लाका अन्य विद्यालयहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


