जनकपुरधाममा पहिलोपटक जानकी मन्दिरबाट श्रीजगन्नाथको भव्य रथयात्रा

जनकपुरधाम, ११ असार । धार्मिक र सांस्कृतिक महत्त्वले भरिपूर्ण जनकपुरधाममा यस वर्ष पहिलोपटक जानकी मन्दिरबाट श्रीजगन्नाथको भव्य रथयात्रा निकालिने भएको छ । असार १३ गते शुक्रवार अपराह्न ४ बजे रथयात्रा जानकी मन्दिर परिसरबाट शुभारम्भ हुनेछ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार श्रीजगन्नाथ भगवानको रथ श्रद्धालुहरूले रस्सी तानी तानेर शहर परिक्रमा गराउनेछन् । उनले यो धार्मिक अवसरमा जनकपुरधामवासीलाई परिवारसहित सहभागी हुन आग्रह गरेका छन् ।
रथयात्राको सम्पूर्ण मार्गमा प्रसाद वितरणको व्यवस्था गरिएको छ । यस ऐतिहासिक रथयात्राले जनकपुरधामको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई अझ सुदृढ गर्ने महन्थ वैष्णवको विश्वास छ ।
जानकी मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन र नगरवासीलाई रथयात्रामा सहभागी भई यस ऐतिहासिक क्षणलाई विशेष बनाइदिन आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


