जनकपुरधाम, ७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनकपुरधाममा नगर महिला पतञ्जलि योग साधना केन्द्रले विशेष योग कार्यक्रम आयोजना गरेको छ ।

स्वास्थ्य, अनुशासन र मानसिक सन्तुलनको सन्देश फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महिलाहरूको उल्लेखनीय उपस्थिति रह्यो । कार्यक्रममा योग गुरु मनोहर साहले विभिन्न योग आसन, प्राणायाम र ध्यान अभ्यास गराएका थिए ।

आयोजक नगर महिला पतञ्जलि योग साधना केन्द्रले योगमार्फत महिलामा आत्मबल र स्वास्थ्यप्रति सजगता बढाउने लक्ष्यसहित प्रत्येक वर्ष नियमित रूपमा यस्तो कार्यक्रम गर्दै आएको बताइएको छ ।

कार्यक्रममा सहभागिहरूले योगको ऐतिहासिक, सांस्कृतिक र व्यवहारिक महत्त्वमाथि प्रकाश पार्दै समाजमा यसको निरन्तर अभ्यास आवश्यक रहेकोमा जोड दिए ।