मधेश प्रदेश मिडिया काउन्सिललाई पूर्णता, चार सदस्य नियुक्त

जनकपुरधाम, ६ असार । मधेश प्रदेश सरकारले प्रदेशस्तरीय सञ्चार नियामक निकाय मिडिया काउन्सिल मधेश प्रदेशलाई पूर्णता दिएको छ ।
काउन्सिलमा रिक्त रहेका चार सदस्य पदमा विभिन्न जिल्लाबाट सञ्चारकर्मीहरूलाई समावेश गरिएको हो ।
नवनियुक्त सदस्यहरूमा धनुषाबाट सुरेश यादव र रिंकु मिश्र, सर्लाहीबाट बन्दना झा र सप्तरीबाट मन्नु पासमान रहेका छन् । काउन्सिलमा उनीहरूको मनोनयनसँगै यस संस्थाले पूर्णता पाएको छ ।

मिश्र र झा दोस्रो कार्यकालका लागि सदस्य पदमा नियुक्त भएका हुन् ।
प्रदेश सरकारका अनुसार नियुक्त सदस्यहरू सञ्चार क्षेत्रको मर्यादा, स्वतन्त्रता र उत्तरदायित्वलाई कायम राख्दै प्रदेशमा मिडिया अनुशासन सुनिश्चित गर्न सशक्त भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


