मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

रौतहट, ५ असार । रौतहटको राजपुर नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
राजपुर नगरपालिका–३ डमार पोखरी टोलकी ३० वर्षीया गुलनाज खातुनको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार खातुन बुधबार साँझ आफ्नो सुत्ने कोठामा मोबाइल चार्ज गर्दै गर्दा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएकी उनलाई चिकित्सकले साँझ करिब ५ बजे मृत घोषणा गरेका थिए ।
विद्युत सर्ट वा असुरक्षित उपकरण प्रयोगका कारण करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गौरले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

