अवधेश झाको अध्यक्षतामा प्रेस जनमत संघको नयाँ नेतृत्व

जनकपुरधाम, २५ जेठ । जनमत पार्टीका शुभेच्छुक पत्रकारहरूको संगठन प्रेस जनमत संघले २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ । आइतबार पार्टीको केन्द्रीय सचिवालयको निर्णय अनुसार गठित समितिको अध्यक्षमा सप्तरीका अवधेश कुमार झा चयन भएका छन् ।
नवगठित समितिको सह–अध्यक्षमा सप्तरीकै रामनारायण विश्वास र सदस्य सचिवमा महोत्तरीका ललन मण्डल नियुक्त भएका छन् । समितिका अन्य सदस्यहरूको सूचीमा जितेन्द्र खड्गा, मनोज मोरबैता, सुमित मिश्र, अनिल पाण्डे, केशव लुइँटेल, शम्भु पण्डित, शेख मोजिबुल्लाह, मुना ठाकुर, संजय यादव, श्यामल कुमार गिरी, बिजेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार साह, चन्दन रजक, चन्दन रौनियार, भोगेन्द्र साह, विमला कुमारी र रिना कुमारी केसी रहेका छन् ।
प्रेस जनमत संघले पत्रकारिता र सञ्चार प्रणालीको स्वतन्त्रता, उत्तरदायित्व र लोकतान्त्रिक मुल्यको प्रवर्द्धन गर्दै जनमत पार्टीसँग सशक्त सहकार्य गर्ने उद्देश्य लिएको जनाएको छ । संघले प्रादेशिक र जिल्ला समितिहरूको गठन प्रक्रिया पनि सुरु गरेको छ ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतले केन्द्रीय सदस्य सचिव ललन मण्डललाई पत्रमार्फत समितिको विधिवत घोषणा गरेका छन् । उनले नवगठित समितिका सबै सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष राउतले प्रेस जनमत संघले पत्रकारिता र पार्टीबीच सेतुको भूमिका निर्वाह गर्दै सूचना, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


