जनकपुरधाम, २४ जेठ । मैथिली भाषा, साहित्य र सृजनशीलता प्रवर्द्धनका लागि क्रियाशील मैथिली विकास कोषले सञ्चालन गर्दै आएको नियमित मासिक कवि गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीको अध्यक्षता साहित्यकार मनोज प्रेमेशले गरेका थिए भने प्रमुख अतिथिका रूपमा साहित्यसेवी लव कुमार सहभागी थिए । कार्यक्रममा स्वागत मन्तव्य र संचालनको भूमिका कवयित्री स्मिता ठाकुरले निर्वाह गरिन् ।

कार्यक्रममा उपस्थित साहित्यप्रेमी र कविहरूले आफ्ना मौलिक रचनाहरू प्रस्तुत गर्दै मैथिली भाषाको समृद्धि र संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

गोष्ठीमा युवा र वरिष्ठ लेखकबीच विचार आदान–प्रदान हुनुका साथै भावनात्मक एवम् सामाजिक विषयमा आधारित कविता वाचन गरिएको थियो ।