जनकपुरधाम, २३ जेठ । हिन्दू धर्ममा विशेष महत्व राख्ने निर्जला एकादशीको अवसरमा मारवाड़ी महिला मञ्च जनकपुरधामले सामाजिक उत्तरदायित्व अन्तर्गत जनकल्याणकारी सेवा कार्यक्रम आयोजना गरेको छ ।

मञ्चले जनकचोकमा निःशुल्क जुस, पानी, ग्लुकोज र फलफूल वितरण गर्दै श्रद्धालु तथा सर्वसाधारणलाई शीतलता प्रदान गरेको हो ।

गर्मीको प्रचण्ड लहरका बीच श्रद्धालुहरू निर्जला एकादशीको व्रतमा व्यस्त रहेका बेला गरिएको यो सेवामूलक कार्यमा स्थानीयवासी तथा यात्रुहरूले समेत लाभ उठाएका थिए । कार्यक्रममार्फत सार्वजनिक स्थानमा तिर्खा मेटाउने व्यवस्थाले समाजमा सकारात्मक सन्देश दिएको स्थानीयले बताए ।

कार्यक्रममा मञ्चका सदस्यहरूको सक्रिय सहभागिता थियो ।