मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी

जनकपुरधाम, २३ जेठ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा चाँडै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
शुक्रबार जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले आलोपालो सरकार बनाउने सहमति अनुसार सत्ता हस्तान्तरणको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।
‘आलोपालो सरकार बनाउने सहमति भएको हो, त्यसअनुसार अब छिट्टै कुराकानी हुन्छ,’ देउवाले भने, ‘म कांग्रेसको नेतृत्वमा मधेश प्रदेशमा सरकार बन्नेमा पूर्ण विश्वस्त छु ।’
देउवाले सत्ता साझेदार दलहरूसँग चाँडै छलफल सुरु हुने पनि स्पष्ट पारे । उनका अनुसार गठबन्धन भित्रको सहमति कायम रहँदा अब नेतृत्व कांग्रेसले सम्हाल्ने समय आएको छ ।
यसै सन्दर्भमा मधेश प्रदेशमा कांग्रेसको सांगठानिक सुदृढीकरण र सरकार गठनको तयारीबारे वरिष्ठ नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य महेन्द्र यादव तथा प्रदेश सभापति कृष्ण यादव लगायत नेताहरूबीच पनि विशेष छलफल भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


