चित्रगुप्त सेवा समितिको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

जनकपुरधाम, १३ जेठ । चित्रगुप्त सेवा समिति जनकपुरधामको कार्यकारिणी समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
निर्धारित मिति जेठ १० गते मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि अध्यक्षदेखि सदस्यसम्मको पदमा आवश्यक संख्यामा उम्मेदवारी आएपछि निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको थियो ।
तर, मंगलबार सदस्य पदका लागि मनोनयन दिएका ८ जना मध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएपछि बाँकी ६ जना सदस्यसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
समितिको अध्यक्षमा दिलीप कुमार लाल कर्ण, उपाध्यक्ष विनोद कुमार कर्ण, सचिव बिरेन्द्र लाल कर्ण, सह–सचिव मोहन लाल कर्ण र कोषाध्यक्षमा नरेश लाल कर्ण निर्विरोध चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा जटाशंकर मल्लिक (सरोज), विनिता देवी कर्ण, इन्दु देवी कर्ण, रतिस कुमार दत्त, शिवम कुमार श्रीवास्तव र नितेष कुमार कर्ण चयन भएका छन् ।
निर्वाचन आयुक्तद्वारा हस्ताक्षरित सूचनामा निर्वाचित पदाधिकारीहरूप्रति शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


