पत्रकार महतोलाई मातृशोक

जनकपुरधाम, १३ जेठ । नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष तथा अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता गोविन्द महतोलाई मातृशोक परेको छ । उनकी आमा रामदुलारी देवी महतोको ५८ वर्षको उमेरमा सोमबार राति निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार रामदुलारी देवी महतो विगत केही समयदेखि अस्वस्थ थिइन् । सोमबार राति अचानक उनको निधन भएको हो ।
यस दुःखद घडीमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र धनुषा शाखाले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । महासंघले पत्रकार गोविन्द महतोसहित शोकमा रहेका सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
‘यस दुःखद घडीमा हामी पत्रकार महतोसहित सम्पूर्ण शोकसन्तप्त परिवारसँग ऐक्यबद्धता प्रकट गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । श्रद्धाञ्जलीसहितको विज्ञप्ति महासंघ मधेश प्रदेश समितिका महासचिव शैलेन्द्र महतो क्रान्ति र धनुषा शाखाका सचिव बटुकनाथ झाले जारी गरेका हुन् ।
पत्रकारितामा लामो समयदेखि सक्रिय रहँदै आएका गोविन्द नेपाल पत्रकार महासंघको जिम्मेवारीसँगै जनपक्षीय पत्रकारितामा विशेष योगदान दिँदै आएका छन् । आमाको असामयिक निधनबाट उनी गहिरो पीडामा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


