जनकपुरधाम, १२ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले सञ्चारक्षेत्रको सशक्तिकरण र सूचना प्रवाहमा सहजता ल्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिलाई आवश्यक सञ्चार उपकरण प्रदान गरेको छ ।

सोमबार उपमहानगरले महासंघलाई प्रिन्टर र कम्प्युटर मोनिटर हस्तान्तरण गरेको हो । उपमहानगरका तर्फबाट प्रदान गरिएका सामग्री केन्द्रिय लेखा समिति संयोजक केसी लामिछाने, महासंघका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा र महासचिव शैलेन्द्र महतो क्रान्तिले ग्रहण गरेका थिए ।

महासंघका अध्यक्ष बन्जाराले पत्रकारहरूको कामलाई प्रभावकारी बनाउने यस्ता सहयोगले सङ्गठनको कार्यसम्पादन र सूचना व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने बताए ।

उनले भने, ‘स्थानीय सरकारबाट आएको यो सहयोगले हामीलाई उत्साहित बनाएको छ । यसले हाम्रो कार्यसम्पादनमा सहयोग पुर्याउँछ ।’