जनकपुरधाम, ११ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० स्थित देवीचोकबाट एक पुरुष रामबाबु ठाकुर जेठ ८ गते बिहानदेखि बेपत्ता भएका छन् ।

परिवारका अनुसार ६०–६५ वर्ष उमेरका ठाकुर बिहान करिब १० बजेतिर घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । उनी अन्तिम पटक निलो रङको टिसर्ट र कालो ट्र्याक पेन्ट लगाएको अवस्थामा देखिएको परिवारजनले जानकारी दिएका छन् । शारीरिक बनावट पातलो र उचाइ करिब ५ फिट ८ इन्च रहेको जनाइएको छ ।

ठाकुरका परिवारजन अहिले अत्यन्त चिन्तित छन् । उनी हराएको सूचना सार्वजनिक गर्दै खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन् । ‘हामीले सबै आफन्त र चिनेजानेकासँग सम्पर्क गरिसक्यौं तर अहिलेसम्म उहाँको कुनै अत्तोपत्तो छैन,’ रामबाबुकी छोरी सम्झना ठाकुरले बताइन् ।

परिवारले सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यमहरूमा समेत अपिल गर्दै सहयोगको याचना गरेका छन् ।