नौ दिवसीय भव्य धार्मिक कार्यक्रमले नेपाल–भारत सम्बन्धलाई गहिरो प्रेरणा

सप्तरी, २९ वैशाख । गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र राजविराजमा सम्पन्न भएको सिताराम नाम १००८ मंडपीय संकीर्तन र श्रीराम चरित्र मानस दुई दिवसीय महायज्ञले क्षेत्रीय धार्मिक, सांस्कृतिक र सम्प्रदायिक सम्बन्धलाई नयाँ उर्जा प्रदान गरेको छ ।
नेपाल र भारतका हजारौं श्रद्धालुहरूलाई आकर्षित गरेको यस भव्य समारोहले धार्मिक आस्था र आपसी सद्भावको अनौठो मेलमिलाप देखाएको हो ।
यस महायज्ञको प्रमुख अतिथिको रूपमा हिमाचल प्रदेश काँगडा हिमालस्थित मठाधीश जगद्गुरु शंकराचार्य श्री श्री १००८ श्री सारदानन्द सरस्वतीले उपस्थिति जनाएका थिए । समारोहको सम्पूर्ण व्यवस्थापन दिपेन्द्र चौधरीले जिम्मा लिएका थिए भने गणपतिपण्डित कुम्हारका अध्यक्ष गजेन्द्र मण्डल, सह–अध्यक्ष दिनेश यादव, सचिव हरेराम यादव लगायतका पदाधिकारी र स्वयंसहयोगीहरूले कार्यक्रमलाई सफल बनाउने प्रयास गरेका थिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता श्याम मिश्रा र उनकी धर्मपत्नी वन्दना मिश्राले संयोजन र व्यवस्थापनको जिम्मा सम्हालेका थिए । मूल मंडप र जिरो पंडालको व्यवस्था समेत यस आयोजनाको प्रतिकात्मकता र भव्यतालाई झल्काउँने गरी गरिएको थियो । पगलाबाबाको संरक्षणमा रहेको परिकल्पना तथा उनको सहयोगी अनिल झाको योगदान यस समारोहको सफलतामा उल्लेखनीय रहेको छ ।
भव्य यज्ञमा १५,००० कीर्तनिया, १३ सदस्यीय १३० वटा मण्डली र ६ देखि ८ लाखसम्म श्रद्धालुहरूको उपस्थिति भएको आयोजकले जनाएको छ । यज्ञ स्थल २० विघा क्षेत्रफलमा प्रकाश व्यवस्था, मंडप र पण्डालहरूको तयारी गरिएको थियो । अनुमानित खर्च करिब ५ करोड रुपैयाँ रहेको यो धार्मिक कार्यक्रमले आफ्नो धार्मिक र सांस्कृतिक महत्त्वलाई अझ प्रष्ट्याएको छ ।
यज्ञमा सहभागी अधिकांश कीर्तन मण्डलीले स्वयंपूर्ण भोजन व्यवस्था गरे पनि आयोजकले प्रत्येक दिन १० हजार जनाका लागि भण्डारा सञ्चालन गरेको थियो । भारतको बनारस, अयोध्या, बिहारको मुजफ्फरपुर लगायतका विभिन्न स्थानबाट आएका ११ जना पण्डित, रामलीला र रासलीलाको टोली, रामायणी टोली र भारत–नेपालको खुला सीमा भएर आएका श्रद्धालुहरूको सहभागिता उल्लेखनीय रहेको थियो ।
कार्यक्रमलाई अझ प्रभावकारी बनाउन एक महिना अघिदेखि सीताराम नाम जाप पनि सञ्चालन गरिएको थियो । दोस्रो दिनको विशेष कार्यक्रममा नेपाल सरकारका श्रम मन्त्री शरत सिंह भण्डारी, नेपाल–भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झा, नेपाल प्रेस युनियनका सल्लाहकार एवम् नेपाल–भारत खुला सीमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, पत्रकार अभय शर्मा, क्लोथ बैंकका कार्यालय सचिव कृष्णकुमार साह, सदस्य सुदीपकुमार महतो लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
महायज्ञको मुख्य उद्देश्य धार्मिक क्रियाकलाप मात्र नभई नेपाल–भारत सम्बन्ध, सांस्कृतिक एकता, खुला सीमा सद्भाव र समुदायबीचको आपसी सहयोग तथा श्रद्धाको सन्देश प्रवाह गर्नु रहेको बताइएको छ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


