सरकारले सीमा सुरक्षालाई थप सशक्त बनाउने

काठमाडौँ, १९ वैशाख । सरकारले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन एक महत्वपूर्ण कदम चालेको छ ।
शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमा क्षेत्रको सुरक्षालाई सुदृढ बनाउने योजना सार्वजनिक गरेका छन् । सीमामा सुरक्षा बलको उपस्थिति सशक्त बनाउन सीमा सुरक्षा पोस्ट (बीओपी) को संख्या विस्तार गरिनेछ ।
राष्ट्रपति पौडेलले आगामी योजनामा सीमा सुरक्षा बलको संख्या र उपस्थिति थप सशक्त पार्ने विषयलाई प्राथमिकता दिएको बताए । ‘सीमा सुरक्षा पोस्टको संख्या बढाएर सशस्त्र प्रहरी बलको उपस्थिति विस्तारित गर्नेछौं,’ उनले भने ।
सशस्त्र प्रहरी बलले अहिले सीमा सुरक्षाको जिम्मेवारी वहन गर्दै आएको छ । सरकारको योजना अनुसार सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा पनि थप सुधार गरिनेछ । सशस्त्र प्रहरी बलका सदस्यहरूलाई विपद् व्यवस्थापन र उद्धार कार्यमा अझ बढी सक्रिय र प्रभावकारी बनाइनेछ ।
राष्ट्रपति पौडेलले थपे, ‘सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापन र उद्धार कार्यमा समेत विशेष ध्यान दिनका लागि सक्षम बनाइनेछ ।’
नेपालको सीमा क्षेत्र लामो र चुनौतीपूर्ण भएको कारण यहाँको सुरक्षा प्रणालीलाई सशक्त बनाउनु अत्यन्त महत्त्वपूर्ण छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


