जसपा नेपाल महोत्तरीको अध्यक्षमा राम नरेश राय निर्वाचित

महोत्तरी, ६ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल महोत्तरीको अध्यक्षमा राम नरेश राय निर्वाचित भएका छन् ।
रायले १९५ मत प्राप्त गरेर अध्यक्ष पदमा विजय प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी राम प्रकाश यादवले ११० मत प्राप्त गरेका हुन् ।
उपाध्यक्ष पदमा रामेश्वर राय यादवले १८६ र शिवचन्द्र साहले १५५ मत ल्याएर निर्वाचित भएका छन् भने कुमरकान्त झाले १०५ मत प्राप्त गरे ।
सचिव पदमा महेश कुमार यादवले २०२ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी रविन्द्र महतोले ७५ मत र श्याम किशोर चौधरीले मात्र ९ मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्ष पदमा सखिचन्द्र यादव १६१ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्दी वन्दना पाण्डेयले १२३ मत प्राप्त गरिन् ।
उपसचिवमा प्रगास साह १८१ र खुशी पटेल १२९ मत ल्याएर निर्वाचित भएका छन् । लक्ष्मी नायकले १०३, ज्ञानेन्द्र प्रसाद साहले ९३ र अरुण कुमार यादवले ३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, ५० जना सदस्यका लागि ४६ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि सबै सदस्य निर्विरोध भएका छन् । निर्विरोध हुने सदस्यहरुमा नवल महतो (सोनमा गाउँपालिका), दिपेन्द्र ठाकुर (मनरा शिसवा नगरपालिका), राजेशकुमार राय (मनरा शिसवा), रुपनारायण भगत (मनरा शिसवा), सुरेश यादव (एकडारा), सुरेशकुमार यादव (रामगोपालपुर), मुद्दीन कवाडी (मनरा शिसवा), दरवेश राय यादव (एकडारा), गणेश यादव (जलेश्वर), राम विचारी राय (जलेश्वर) रहेका छन् ।
कौशल किशोर झा (महोत्तरी), सरोज अधिकारी (भंगहा), नागेन्द्रकुमार यादव (महोत्तरी), अमोदकुमार यादव (महोत्तरी), संजयकुमार यादव (महोत्तरी), बलराम यादव (सम्सी), राजदेव यादव (सम्सी), भूनेश्वर कापड (जलेश्वर, अरुण ठाकुर (पिपरा) र रामकेवल राय यादव (गौशाला) निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, मुकेशकुमार यादव (रामगोपालपुर), किशुनदेव यादव (बलवा), रामनन्दन यादव (जलेश्वर), अजयकुमार यादव (औरही), विमलेन्द्रकुमार सिंह (जलेश्वर), कलामुद्दीन मोमिन (सम्सी), कुलदीप दास कथबनिया (एकडारा), ललितकुमार झा (पिपरा), निलम शर्मा (जलेश्वर) र सफिना खातुन (बलवा) निर्विरोध भएका छन् ।
त्यस्तै, अजिमा खातुन (सम्सी), फतमा खातुन (औरही), जुमनी देवी ठाकुर (सम्सी), उर्मिला देवी यादव (रामगोपालपुर), पूनमदेवी यादव (रामगोपालपुर), श्यामकला देवी चमार (सोनमा), लिलम देवी (पिपरा), फुलोदेवी शर्मा (रामगोपालपुर), फेकनी देवी महरा (मटिहानी) र अनिताकुमारी (सम्सी) निर्विरोध भएका छन् ।
यस्तै, सरोज देवी झा (महोत्तरी), गुड्डी राय (जलेश्वर), सुदामा देवी (जलेश्वर), गुड्डु दास (एकडारा), मो. मनिर अहमद (लोहारपट्टि) र मो. एलुन नदाफ (रामगोपालपुर) निर्विरोध भएका छन् ।
जसपा नेपाल महोत्तरीको प्रथम जिल्ला अधिवेशनमा ३३४ मतदाता मध्ये ३१० मतदाताले मतदान गरेका थिए । मधेसी जनअधिकार फोरम नेपालबाट जसपा नेपालसम्मको २५ वर्षको यात्रामा यसपटक पहिलो पटक लोकतान्त्रिक प्रक्रियामा निर्वाचन भएको छ । अधिवेशनको माध्यमबाट जसपाले आफ्नो आन्तरिक लोकतन्त्रको प्रगति र सुदृढीकरणलाई प्राथमिकता दिएको छ ।
पार्टीका वरिष्ठ नेताहरूका अनुसार यस निर्वाचनले जसपा नेपाललाई आगामी स्थानीय र प्रदेश चुनावमा अझ बलियो र सक्षम बनाउनको लागि मार्ग प्रशस्त गरेको छ । जसपाका कार्यकर्ता र समर्थकहरू यस परिवर्तनलाई स्वागत गर्दै पार्टीलाई अझ मजबुत र सशक्त बनाउन प्रतिबद्ध भएका छन् ।
नयाँ नेतृत्वले पार्टीको आन्तरिक सुधार, विकास र सामाजिक परिवर्तनमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ । यस निर्वाचनका माध्यमबाट जसपाले आफ्नो संगठनात्मक संरचना बलियो बनाउने र मधेसी समुदायका मुद्दाहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


