डा. महेश्वरी कुँवरद्वारा लिखित पुस्तक ‘The Soul of Nepal’ को विमोचन हुँदै

काठमाडौं, ३ वैशाख । Youth Alliance for Development (YAD Nepal) का संस्थापक अध्यक्ष डा. महेश्वरी कुँवरद्वारा लिखित पुस्तक ‘The Soul of Nepal’ को बहुप्रतीक्षित विमोचन कार्यक्रम भोलि वैशाख ४ गते राजधानीको राष्ट्रिय सभागृहमा हुँदैछ ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यमा दिउँसो २ः०० बजे सुरु हुने सो कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
पुस्तकको विमोचन समारोहमा पर्यटन मन्त्री बद्री पाण्डे, सातै प्रदेशका मुख्यमन्त्रीहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, बुद्धिजीवी, लेखक, शोधकर्ता, पत्रकार तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहने कार्यक्रम तय गरिएको छ ।
लेखिका डा. महेश्वरी कुँवरले करिब तीन वर्षको गहन अध्ययन, अनुसन्धान र समर्पणपछि उक्त कृति तयार पारेकी हुन् । पुस्तकले विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक र मानव अस्तित्वसँग सम्बन्धित विषयवस्तुलाई वैज्ञानिक दृष्टिकोणसहित प्रस्तुत गरेको बताइएको छ ।
उनको लेखनीमा देखिएको अनुसन्धानशीलता, विषय चयनको गम्भीरता र समर्पणले यो कृतिलाई एउटा विशेष शैक्षिक तथा बौद्धिक दस्तावेजको रूपमा स्थापित गराउने विश्वास गरिएको छ ।
YAD Nepal ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रम सबैका लागि खुला रहनेछ र इच्छुक पाठक, लेखक, शोधकर्ता, समाजसेवी, विद्यार्थी तथा साहित्यप्रेमीलाई सहभागी हुन अनुरोध गरिएको छ ।
संस्थाले यो विमोचन कार्यक्रमलाई एक ‘ज्ञानको उत्सव’ का रूपमा लिन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


