महोत्तरीको जलेश्वरमा गर्मीको मौसममा कम्बल वितरण

महोत्तरी, २६ चैत । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाले यस वर्षको चर्को गर्मीको समयमा कम्बल वितरण गरेको छ । यस अनौठो कदमले नगरवासीलाई अलमलमा पारेको छ । नगरपालिकाको यस कदमले स्थानीयवासीका बीचमा चर्चा र आलोचना पनि उत्पन्न गरेको छ ।
नगरप्रमुख सुरेश साह सोनारले कम्बल वितरणको उद्देश्य स्पष्ट गर्दै भने, ‘यो मौसममा कम्बल पाएपछि नागरिकलाई ओढ्न र ओछ्याउन दुबै काम लाग्ने छ । यसबाट दोहोरो फाइदा हुनेछ ।’ उनका अनुसार यो कदम जनताको हितका लागि उठाइएको एक सस्तो उपाय हो । यसले गरिब र मध्यम वर्गका नागरिकलाई राहत पुर्याउने छ ।
जलेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिचन महतोले प्रदेश सरकारको सहयोगमा प्रक्रिया अघि बढेको बताए ।
तर, यहाँ एउटा अनौठो पक्ष पनि छ । महोत्तरीका वडाध्यक्ष महतोले जाडोको मौसममा कम्बल वितरण नगरेर अहिले गर्मीको मौसममा कम्बल वितरण गर्न सुरु गरेका छन् । शीतलहरका समयमा कम्बल नदिएका महतोले गर्मीमा कम्बल वितरण गर्न थालेपछि उनी चौतर्फी आलोचनाको शिकार भएका छन् ।
शनिबार वडा नम्बर–४ को कार्यालयमा सर्वसाधारणलाई कम्बल वितरण गर्न सुरु गरेका थिए । उनले वडाको सुगा टोलका स्थानीयहरुलाई एक एक थान कम्बल दिइरहेका थिए । आलोचनाको घेरामा परेका महतोका समर्थक भने यसलाई ‘सस्तो उपाय’ र ‘शहरी विकासको संकेत’ भन्दै समर्थन गर्दै आएका छन् ।
शीतलहरका समयमा कम्बल वितरण नगरेर अहिले गर्मीको मौसममा कम्बल वितरण सुरु गर्ने कदमले स्थानीय समुदायमा गम्भीर असमझदारी उत्पन्न गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


