धनुषाको ढल्केवर सव स्टेशनमा आगलगी, विद्युत आपूर्ति अवरुद्ध

जनकपुरधाम, २१ चैत । धनुषाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो सव स्टेशनमा आगलगी हुँदा विद्युत आपूर्ति अवरुद्ध भएको छ । ढल्केवर सव स्टेशनबाट प्रसारण हुने विद्युत लाईन दिउँसोदेखि अवरुद्ध भएको हो । यसका कारण जनकपुरसहित धनुषाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ ।
प्रारम्भिक जानकारी अनुसार हावाहुरीका कारण सव स्टेशनको तार चुँडिएको र त्यसपछि आगलगी भएको बताइएको छ । तार चुँडिएर सर्ट भएपछि आगलगीको घटनाले सव स्टेशनमा विद्युत प्रसारण पूर्ण रूपमा रोकिएको हो ।
ढल्केवरबाट प्रसारण हुने विद्युत लाइन अवरुद्ध हुँदा धनुषाका साथै महोत्तरी, सिरहा र सप्तरीलगायत प्रदेशका अन्य क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द भएको छ । सो सव स्टेशनबाट वितरण हुने विद्युतलाई विभिन्न वितरण केन्द्रले अवरुद्ध भएको जानकारी दिएको छ ।
विद्युत प्राधिकरणले सूचना जारी गर्दै विद्युत सेवा कति समयपछि सुचारु हुनेछ भन्ने बारे यकिन विवरण दिएको छैन । आगलगीका कारण सव स्टेशनको विद्युत प्रसारण होल्ट गरिएको र तत्कालै मर्मतका कामहरू जारी रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


