जनकपुरधाम, १९ चैत । गुठी संस्थानले लक्ष्मी नारायण मठ मठिहानी स्थानको उत्तराधिकारी महन्थका रूपमा डा. रविन्द्र दास बैष्णवलाई नियुक्त गरेको छ । गुठी संस्थानको समितिको बैठक निर्णयअनुसार डा. दासलाई मठिहानी स्थानको महन्थको रूपमा नियुक्त गरिएको हो ।

गुठी संस्थानले फागुन २८ गते जारी गरेको पत्रका अनुसार मठिहानी स्थानको उत्तराधिकारी नियुक्तिका लागि परेको निवेदनको आधारमा समितिको बैठक नं ४ सयको निर्णयअनुसार डा. दासलाई निर्देशिका २०७७ को दफा १० बमोजिम महन्थको पदमा नियुक्ति प्रदान गरिएको हो ।

लक्ष्मी नारायण मठ मटिहानीलाई नेपालका मठहरूको सर्वोच्च मानिन्छ । यस मठको इतिहास र सांस्कृतिक महत्व गहिरो छ । यहाँको महन्थ पद परम्परागत रूपमा एक उच्च सम्मानको पदको रूपमा लिइन्छ । यसले समाजमा आध्यात्मिक र सांस्कृतिक नेतृत्व प्रदान गरेको छ ।

डा. रविन्द्र दास बैष्णवको नियुक्तिले मठको परम्परालाई नयाँ दिशामा लैजाने र समुदायमा आध्यात्मिक उत्थानका लागि नयाँ कार्यहरू शुरु गर्ने आशा गरिएको छ ।